Monday, February 3, 2014

सरस्वती पूजा !!!

नढाटी भन्नु पर्दा ७ बजे जाने प्लान भएको हो हिजो अनि प्लान बनाउने पनि म नै हुँ तर आफु पनि अल्छि मध्यकै न परियो कहाँ सकिन्छ र त्यती छिट्टै उठ्न । आँखा त खुलेकै हो तैपनी सिरक छोड्न चाँही गाह्रो हुने यो जाडोमा, असाध्यै गाह्रो । पन्डितहरुको पात्रो अनुसार श्री पञ्चमी तर आफुले सानैबाट सुन्दै अनी मनाउदै आएको चाड 'सरस्वती पूजा' बिद्या कि देबी सरस्वतीको पूजा गर्ने दिन । सानो छँदा त जाडै भए पनि बिहानै उठिन्थ्यो,नुहाइवरी फुल अछेता लिएर स्कुल पुगिन्थ्यो लाइन लाग्न प्रशाद खान अनी बिशेष सरस्वती माता सँग बिद्या माग्न । तर समय न हो परिवर्तन् भै हाल्छ अनि मन पनि, कहाँ सबेरै उठेर नुहाउन सक्नु पौने नौ बजे उठेर मुख धोइ फोन गर्दा "हामी आइसकेम त कहाँ हो ?" भनेर झर्किदै थियो एउटा, अरु बेला भैदिएको भए कुलेश्वर भएको म सितापाइला आइसके भनेर ढाट्दिन्थे तर आज आँफैलाई झुट बोल्न मन लागेन पाप लाग्छ कि भन्ने डरले अनि भन्दीए "भुसुक्कै निदाएछु यार अब हिडिहाले" । रिसाउदै थियो फोन काट्दिहाले । हस्याङ फस्याङ गर्दै बल्खु पुगे अनि सानो माइक्रो चडे छिटो पुगिन्छ भन्ने आशले । आफुलाई हतार भएर होला अरुको लागि माइक्रो रोक्दा पनि बडा रिस उठिराको थियो । लगबग ३० मिनेट्मा आयो आफ्नो गन्तब्य 'स्वयम्भु' । सरस्वती पूजाको दिन घुइचो लाग्ने ठाउँ, पोहोर पनि गएको अनि यो पाली कहाँ छुटाउन सकिन्थ्यो र ?? माइक्रोबाट झरेर फेरी उकालो 'ओहो के को जाडो नि भित्र पसिनाले खलल बगाए जस्तो भको थियो' । मन्दिर पुग्नु अगाडि नै जताततैका भित्ताहरुमा रंगाइएका थिए 'चक'ले लेखेर पोहोर त मैले पनि लेखेको थिए आबेगमा आएर P+....  कुन्नी के तर यो पाली अली सम्यम् भए केही लेखिन । त्यो ठाउँमा भर्खर स्कुल जाने बेला भएका साना साना बच्चाहरुलाई लेखनको सुरुवात गराउने ठाउँको रुपमा लिइन्छ तर आजभोलि समय संगै परिवर्तन भयो जुग जमना । लामो लाईन थियो मन्दिर प्रबेश गर्नेहरुको तर आफुलाई भगवानको समिप गएर केही माग्नु थिएन लाइन नलागी अली बाहिर बाट नै दर्शन गरे अनि मन मनै के के 'भट्याये' । टिका लगाइदिन बस्नेको पनि लाइन थियो, एसो हेरे पन्डित भन्दा पनि अली दुखी देखिने कोही छन कि भनेर । एक जना बुढा थिए बरा साह्रै सोजा जस्ता देखिने अनि गए निधार थाप्न त्यो 'रेडीमेट' टिका लगाउन, टलक्क टल्किने टिका !! साथीहरु तर फर्किसकेर फोटो सोटो खिच्दै थिए अनि कोही चाही ५ रुप्पे मा ४ वटा १ को सिक्का किन्दै फाल्दै रैछ, चिच्याउदै थियो "एस पस्यो" भनेर । मलाई देख्ने बित्तिकै खुशी देखिन्थे आखिर साथी न हुन ढिला गर्ने पनि म नै हुँ सधैं भन्ने पनि थाहा नभाको त कहाँ हो र तिनिहरुलाई पनि । संगत न हो लहैलहैमा लागेर मैले पनि किने त्यो सिक्काको ब्यापार गर्न बसेका ब्यापारी सँग ४ वटा सिक्का । सुरुको ३ वटा त खेरै गयो लास्टमा एउटा पस्दा त मन नै फुरुङ केकानै केही होला जस्तो । फोटो खिच्ने पालो मेरो पनि आयो, एसो हेरेको हतारमा आउँदा पोहोर कै ज्याकेट लगाको रैछु अब फेसबुकमा फोटो त हाल्नै पर्‍यो के सोच्दा हुँन भन्ने पिर पनि पर्‍यो त्यसैले धेरै फोटो पनि खिचिन । यो यात्रा पनि रमाईलै भयो ।  सरस्वती पूजाको दिन केही लेखेर दिनको सुरुवात गर्नुपर्छ भन्दा रैछन् तर मैले पुजा गरेर आएर यो आजबाट यो 'ब्लग' को शुभरम्भ गरे । अब सरस्वती माता ले कत्तिको साथ दिनु हुन्छ त्यो वहाँलाई नै  थाहा होला !!!     

No comments:

Post a Comment