बजेको हिसाबले त उ साउन १
गते बिहानको १
बजे र ३६
मिनेट जाँदा जन्मेको
हो तर तिथी
मिती अनि पात्रोको
हिसाब गर्दा असार
मासन्तर कै हिसाब
किताब लाग्दो रहेछ
। बाउ
आमाको कान्छो या
जेठो छोरो जे
भने पनि उही
नै । उ माथि ५
जना दिदीहरु ।
११ औ दिन
न्वारन गर्ने परम्परा अनुसार
ज्योतिषले राख्दिएको नाम सबैलाई
सुनाउन नमिल्ने हुँदा यहाँ
मैले पनि राखिन
तर गाँउमा बद्लिदो
ट्रेन्ड अनुसार बाउ आमा
अनि दिदीहरुले आफ्नो
प्यारो भाईलाई बोलाउने नाम
राख्दिए 'भाग्य' ।
गाउँको स्कुल छ् महिना
सरहरु गायब, खेतिपातिले
गर्दा अर्को छ
महिना विद्यार्थीहरु गायब,
जसो तसो पढेको
छ् भन्नलाई मात्रै
पछाडि पट्टी टालेको
निलो कट्टु, आकाशे
रङको सर्ट अनि
साथमा छ्ड्के बुनेको
झोला । प्राय
उसका साथीहरुको पनि
उस्तै किसिमको पहिरन
हुने हुँदा लाज
भन्ने जिनिस कमै
मात्र लाग्ने गर्थ्यो
उसलाई । जसो
तसो हुर्केर ५
कलास पढ्दै गर्दा
उसकै जन्मदिनको रात
परेर भिरमा अडेको
स्कुलको सानो टहरा
पनि पहिरोले लाग्यो
अनि यसरी सुरु
भयो 'भाग्य'को
अभागी भाग्य !!!
गाउँमा भर्खर भर्खर फिल्टर
राखेको बिजुली चुरोट भित्रिएको
बेला, सबै साथीहरुले
खोक्दै तानेको देख्दा उ
पनि नतानी बस्न
कहाँ सक्थ्यो र
? बिस्तारै बिस्तारै कुलतमा फस्यो
भाग्य । घरमा
नपुग्दो भनेको दिन दिनै
मासु खान अनि
महिनै पिक्छे एक
जोर कपडा फेर्न
मात्रै थियो नभए
दुई तीन महिना
बिराएर घर कै
लोकल कुखुरो काटेर
खाने चलन अनि
दसैंमा एक जोर
स्कुलको कपडा सँग
मिल्दो जुल्दो नयाँ कपडा
हालिदिएकै थिए बा
ले । समय
संगै दिदीहरुको संख्या
पनि घट्दै गयो
घरमा, कोही बम्बै
तिर लगिए कोही
आँफै भागेर बिहे
गरे, कोही कमाउन
भनेर शहर पसे
तर फर्केर माइत
आउने कोही भएनन
। अब बिस्तारै
सबै जिम्मा भाग्यको
काधमा आयो ।
७१ बर्षका बुढा
बा , ५५
बर्षकी चिनी रोग
अनि मुटुको ब्यथाले
थालिएकी आमा, अब
बारीको कोदो र
लोकल कुखुरा बेचेर
मात्र सबै कुराको
जोहो गर्न नसकिने
भयो । पैसा भन्ने
कुरा पनि टन्न
कमाउनु पर्छ भन्ने
सपना देख्न
थाल्यो
उसले । घरमा
अहिले सम्म जसोतसो
जम्मा भएका गोडा
बिसएक हजार बोकेर
छिट्टै नै धेरै
सम्पत्ती कमाएर आमाबा भएकै
ठाउमा फर्किने आश
देखाएर राजधानी तिर हानियो
भाग्य
।
बसको लामो यात्रा,
झ्याल पट्टी बसेको
उ, बसमा सबै
नौलो अनुहार कता
कता डर पनि
लागेको जस्तो थियो उसलाई
। छेउकै सिटमा
बस्ने एक जना
कोट-टाइ लगाएको भद्र मान्छे
सँग परिचय भयो
उसको । काठमाडौं
बिजनेस गरेर बस्छु
भन्ने त्यस मनिसले
देखाएको राम्रो ब्यवहारले खुशी
भयो ‘भाग्य’ ।
दु:ख सुखका
कुरा भए, आफ्नो
कहानी सबै सुनायो
भाग्यले ।
उसका कुरा सुनेपछी
केही भाबुक हुँदै
त्यस जेन्टलमेनले 'म
तिमीलाई बिदेश पठाउछु त्यो
जिम्मा मेरो भयो'
भने । बिदेशका
बारेमा कताकती सुनेको तर
आँफैले कहिले पनि जान्छु
भनेर नसोचेको भाग्य
एकाएक तर्सियो ।
मनमा एक प्रकारको
डर अनि खुशी
पनि देखिदै थियो
। बिदेश भने
पछी प्रशस्त कमाइ
हुन्छ भन्ने सोचेर
त्यही ब्यक्ती संगै
काठमाडौं झर्यो उ । बसपार्कको एउटा होटलमा
राखेर आफ्नो फोन
नम्बर दिदै भोली
नै गाउँ गएर
पसपोर्टको लागि सिफारिस
लिएर आउन अर्हायो
। अरु कुरा
त ठिकै थियो
तर जब उसले
साथ असी नब्बे
हजार पनि ल्याउनु
भन्यो तब भाग्यको
होस् हवास नै
उड्यो । फकाइ
फुलाई गरी महिनाको
तिस चालिस हजार
कमाइ हुने अनि
छीट्टै यो गरीबीबाट
मुक्ती मिल्ने भने पछी
केही शान्त रह्यो
उ । राती
बजारिया खाना नरुची
नरुची बाक्लो डसनाको
बिस्तारमा पल्टियो उ । निन्द्रा कहाँ लाग्यो
र, एकातिर असी
नब्बे हजार पैसाको
चिन्ता अर्को तिर प्रशस्त
कमाइ हुने आशा,
निकै दोधारमा पर्यो उ
। अन्तमा आशाले
बाजी मार्यो ।
एकाबिहानै उठेर तर्सिदै
होटलमा एक छाक
भात र एक
रातको पैसा १२००
रुपैया बुझाएर घर फर्कियो
भाग्य । आमा
बा खुशी भए,
छोरो छिट्टै फर्कियो
भनेर तर त्यो
खुशी २ दिन
पनि टिकेन ।
धन्न सयकडा तीन
रुप्पे को रिन
खोज्न परेन, राम्रो
कोदो फल्ने गरेको
आधाबिघा खेल मुखियाले
एकलाखमा किनिदिए । जिजुबाजे
देखिको पुर्ख्युली सम्पत्ति बेचेर
आफुले देखेका सपना
आमाबाबु सँग बाडेर
फर्कियो उ काठमाडौं
!
एकातिर बाबुआमाको पिर अनि
अर्को तिर धन
कमाउने लोभ ।
काठमाडौं झर्ने बित्तिकै फोन
लगायो त्यही जेन्टलमेनलाई
। भेटघाट पनि
भयो । दुबै
जना परराष्ट्र मन्त्रालय
तिर लागे ।
त्यो भिड देखेर
फेरी एकपटक तर्सियो
उ । 'यत्तिका
मान्छे कहाँबाट थुप्रिय होलान,
कहाँ जान थुप्रिय
होलान' यस्तै यस्तै कुरा
खेलायो मनमा ।
आफु पनि त्यो
भिडमा मिसिएर पसिना
पुछन थाले पछी
अरुको भन्दा आफ्नै
चिन्तामा मग्न भयो
उ । ३ घण्टाको लाइन बसे
पछी 'अर्को हप्ता
आउने' भन्दै दश
हजार लिगियो उ
बाट । अब
एक हप्ता कहाँ
जाने, जानै ३
दिन लाग्ने न घर
फर्किनु
न् एक रात
को १२०० तिरेर
यही बस्नु ।
त्यही मान्छेको सल्लाह
अनुसार खान बस्न
दिनको ५०० तिरेर
। बसपार्क को
कुना तिर एउटा
लजमा कुरा फिक्स
भयो । दिन भरी
यता उता भारी
बोकेर दिनको ३००/४०० कमाउथ्यो
उ । लगबग
खान बस्नलाई पुग्ने
गरी बराबर हुन्थ्यो
। हप्ता दिनमा
पासपोर्ट रेडी भयो
। उही मान्छेले
भने बमोजिम पासपोर्ट
एप्लाई गरियो, साउदी अरबको
लागी ।
मेडिकल गर्नुपर्ने भयो ।
मेडिकल गर्ने ठाउको डक्टरले
भने अनुसार फोक्सोमा
दाग देखियो अरे
। उ डरायो,
चुरोटको गन्ध पनि
नमिठो लाग्न थाल्यो
उसलाई । अब
जान नपाईने भयो
भनेर तर्सियो तर
फेरी 'अलि अलि
सेटिङ मिलाए पछी
सब ठीक हुन्छ,
दश हजार खर्च
गर्नुपर्छ' भन्यो डक्टरले ।
उसलाई लाग्यो त्यो
दश हजारले फोक्सोको
दाग मेटाउने हो
तर वास्तविकता उसको
रिपोर्टमा लागेको दाग हटाउनु
थियो । सबै
कुरा मिल्यो अनि
१२ दिन पछी
भिसा आयो उसको
। अन्तत
नेपाल बायुसेवा निगमको
थोत्रो जहाजमा उड्यो भाग्य
।
गर्मी ठाउँ, नयाँ शहर,
नबुझिने भाषा अनि
सबैभन्दा ठुलो कुरो
कहिले नदेखेका ठुला
ठुला मेसिन बोक्ने
गाह्रो काम । काम गर्दै
गएपछी सजिलो नै
लाग्दै गयो, तलब
पनि बिस हजार
जति पाउथ्यो । बिस्तारै
सबै ठीक हुँदै
थियो, गाउँमा बा-आमालाई पत्र लेखेर
आफ्नो ठेगाना अनि
तीन महिनामा यता
उति खर्च कटाएर
चालीस हजार रुपैया
पनि पठायो उसले
। अचानक ७
महिना पछी उसलाई
एउटा पत्र आयो
। कम्पनीमा १५
घण्टा काम गरेपछी
रुम जाने बेलामा
उसको हातमा पत्र
थमाइयो । रुममा
पुगेर पत्र खोली
हेर्दा असह्य भयो उसलाई
। 'गाउँमा पहिरो
आएछ, १५ बर्ष
अगाडि उसले पढेको
स्कुल मात्र लगेको
पहिरोले यसपाली
उसको घर नै
लगेछ अनि सङ
संगै उसका बाबु
आमालाई पनि ।
दुई दिन लाएर
लाश फेला पारेछन
गाउलेले अनि अन्तिम
संस्कार गर्न आउने
भए छिट्टै आउनु
भनी गाउँका पुराना
मास्टरले उसलाई पत्र कोरेका
रहेछन' । परदेश
आएको आठ महिना
नपुग्दै यस्तो खबरले उसमा
भएका सबै चेतना
गुम्यो त्यो रात
। नाइट सिफ्ट
काम भै रहेका
बेला कम्पनी म्यानेजरलाई
सबै कुरा सुनाए
पछी भोली टिकेट
गर्दिने बाचामा फर्काइयो उसलाई
। बिहान कम्पनीबाट
खबर आयो उसलाई, राती आठ
बजेको टिकेट रेडी
भएछ । आफुले
लगाएको एकजोर कपडा, कम्पनिले
काम गर्दा दिएको
जुत्ता,आफु आउँदाको
भुल्लो झोला अनि
रसाएका आँखा लिएर
एअरपोर्ट पुग्यो उ ।
नेपाल एअरलाइन्सको टिकेट रहेछ,
भनेको समय भन्दा
३ घण्टा ढिला
उड्यो जहाज ।
एक सेकेन्ड पनि
गाह्रो हुँदै थियो उसलाई
। दुई दिन
देखीको भोको ।
केही नखाइ नेपाल
झर्यो उ । एअरपोर्ट झरेर बाहिर
निस्कदा सम्म त्यहाका
कर्मचारीको ब्यवहारले झन पिडा
थप्दै थियो उसलाई
। राम्रो सँग
नगूड्ने ट्रली, अपराधीलाई जस्तो
थर्काउने प्रहरी अनि स्मग्लिङ
नै गर्न लागेको
जस्तो चेकिङ्, सोझो
भएकाले सबै सहदै
२ घण्टामा बाहिर
निन्कियो उ ।
आँखा ओभएका थिए,
होसचेत थिएन उसमा
। ट्याक्सीवाला नेपालीहरु
कत्तिन कमाएर आएको जसरी
घरि एता तान्थे
घरि उता ।
बल्ल बोली फुट्यो
उसको 'हजुर मेरा
आमा बा मरेर
म नेपाल आको,
मलाई दु:ख
नदिनुहोस् मैले धेरै
दु:ख पाइसके'
यती भनेर एअरपोर्टको
बाहिरी कम्पाउन्ड मै धुरुधुरु
रोयो उ । सहयोग त के
गर्थे र यती
भनेसी उसको वरिपरी
चाँही जम्मा भएनन
तिनिहरु । त्यहाँबाट
सिधै घरको टिकट
काटेर ३ दिन
कै बाटो भएर
घर पुग्यो उ
।
गाउँ सुन्सान जस्तै देखिन्थ्यो,
पिलीपिली आशु झार्दै
आफ्नो घर तिर
लाग्यो । न
त्यहाँ उसको घर
थियो न परिवार
। आउन ढिला
गरेकाले अरुले नै चितामा
दाग बत्ती दिएछन
। गाउँमा सहयोग
गर्नेहरु पनि थिए
दुई चार घर
। तिनिहरुकै सहयोगमा
क्रियाकरम पनि गरियो
। अब उ
संग एउटै बिकल्प
थियो फेरी बिदेश
फर्किने अनि आफ्नो
लागि केही गर्ने
। गाँउबाट बिदा
लिएर काठमाडौं फर्कियो
उ । फर्किएर
टिकेट 'ओके' गर्ने
बेलामा झोला खोली
हेर्दा बल्ल थाहा
पायो कि भित्र
भएको सानो झोला
जसमा उसको पासपोर्ट,
पैसा अनि टिकेट
को अर्धकट्टी सबै
थियो, लगेछ बसमा
निदाएको बेला कसैले
। त्यो एउटा
बिकल्प पनि रहेन
उसमा ।
सबै थोक
गुमाएको भाग्यले बिस्तारै आफ्नो
होस् पनि गुमाउदै
गयो । उसको
'भाग्य'ले सबै
लुट्यो उ बाट । नामको
मात्र भाग्य कहिले
पनि भाग्यमानी बन्न
सकेन, सर्है अभागी
निस्कियो उसको 'भाग्य' ।
आजभोली काठमाडौंको गल्लिमा एक्लै
एक्लै बोल्दै हिड्छ
भाग्य, ब्रान्डेड ब्रान्डेड चुरोटका
ठुटा बटुलेर हिड्छ
भाग्य , अरुले दिए खान्छ
नभए भोकै सुत्छ
भाग्य ।
** कथा काल्पनिक हो , धेरै कुरा छुटेका होलान मिलाएर पढिदिनु , फोटोहरु गुगलबाट सभार गरिएका हुन् !!!