"दाई बल्खु
जाने बस किन
नआएको ?" मैले सोधे
!! साँझको छ जती
बजेको थियो ।
मेरो नजिकै चुरोट पिउदै
उभी रहेको एक
भन्द्र ब्यक्तीलाई । " के
थाहा, आफ्नो यहाँ
क्या दिमाग खराब
भैराको छ " उसको उत्तर
थियो यो, साथमा
खोइ के के
भन्दै पुट्पुट्याउदै थियो
त्यो बुढो, पक्कै
पनि मलाई नै
गाली गर्दै थियो
होला मन मनले
। मैले नि
बाल दिईन ।
"मान्छेहरु पनि के
सारो स्वर्थी भएका
होलान, अझ बिशेषत
काठमाडौंका मान्छेहरु, जाबो त्यती
कुर सोद्धा पनि
कती सारो रिसाकोत
यार" मनमन सोच्दै
थिए म । हुन पनि
हो उसलाई पनि
के थाहा थियो
होला त गाडी
किन नआएको होला
भनेर । बिचराको
पनि आफ्नै समस्या
होला नि , म
पो दिन भर
घुमेर आको छु
त बस कुर्नलाई
मैले सोच्दै थिए
मलाई भन्दा बढी
टेन्सन उसलाई पो रहेछ
गाडी नपाएर जस्तो
लाग्न थाल्यो ।
आफ्नै मनलाई सान्तोना
दिदै थिए म
। कालेजका
दुई चार जाना
साथीहरु सँग दिन
भर घुमेर सबै
लाखा पाखा लगे
पछी म बाँकी
थिए गाडी चड्नलाई
। म सितापाइला बसेर बल्खु
जाने गाडी कुर्दै थिए, त्यहा मान्छेहरु को
ठुलै भिड लागेको
थियो अरु दिनको
तुलनामा केही बढी
भिड । कहिले
काँही नयाँ बानेश्वरमा
देखेको थिए त्यस्तै
भिड, बाटो क्रस
गर्ने को भिड
तर यहाँ बाटो
क्रस गर्ने को
भिड नभै गाडी
कुर्ने को भिड
थियो, आफ्नो गन्ताब्ये
पुग्ने को भिड
।
" कलंकी कलंकी जाने हो
ल कलंकी सम्म
मात्रै है " एउटा चक्रपथ
पारीक्रमा लेखेको निलो निलो
रङको बस आयो
तर खलासी भन्दै
थियो कलंकी सम्म
मात्रै हो अनी
अझ उ थप्दै
थियो " यो लास्ट
बस हो है
चढिहाल्नुस् " । म
मन मन हाँस्दै
थिए "खलासिहरुले भन्न जानेकै
त्यही त हो
नि " भनेर अनी
अचम्म पनि लगिराको
थियो मनिसहरुको त्यात्रो
जमात त्यस्मा खदीएको
देखेर । मैले
त्यो बसलाई खासै
चासो दीइन ।
मलाई बाल मतलब त्यही
बल्खु त जाने
होनी रिङ्गरोडको गाडी
पाइएला नि जती
पनि भनेर। सातदोबाटो
लगनखेल भनेर लेखेको
गाडीमा त झन एती
भिड कि ढोकामा
उभिएका दुई जाना
मान्छेका एक एक
खुट्टा बाहिर झुन्डिएका थिए
। मैले मनमनै
बिचार गरे यो
मध्य एउटा त
पक्कै पनि खलासी
नै हुनुपर्छ किनकी
गाडी जती भिड
भएपनी अटाइ हाल्छन
मोराहरु । एत्तिकैमा
एकजना बुढी आमाले
मलाई सोधिन "य
बा भक्तपुर जाने
गाडी यहाँ आउछ
कि आउँदैन " भनेर
। धन्न ति
आमैले त्यो अघी
को मान्छेलाई सोध्न
पुगिनछिन , म मुसुक्क
मुस्कुराए अनी भन्दिए
"आउछ आमा" । त्यती
भन्दैमा मेरो केही
जाने होइन क्यारे,
नाअए पनी मैले के
नै गर्न सक्छु
र ?? तर अरु
सधैं जसो आउने
भएकाले मैले आउछ
भनेको मात्रै हुँ
।
मोबाइल निकाले अनी
यसो टाइम हेरे,
आजकल घंडि बाद्नकोलाई
मन लाग्ला र
सबकुरा त मोबाइल
मै छ जाबो
टाइम को त
के कुरा , पौने
सात बजिसकेछ गाडी
कुरेको पनि पैतालिस
मिनेट भैसकेछ ।
खोइ बल्खु जाने
गाडी पाउन एती
गाह्रो शायद मलाई
पहिले कहिले भको
थिएन होला, अरु
बेला स्वयम्भुमा भएका
साथीहरुलाई भेटेर सात बजे
पनि गाडी चढेर
फर्केरै हुँ क्यारे
। तर आज
धेरै बेर भैसक्यो
, अब चांही गाडी
नपाईने नै भैयो
भनेर टेन्स् पो
लाग्नथाल्यो त ।
सात बजे सम्म
आफ्नो काम छ
फेरी रूममा पुगेपछी
, आफ्नो दु:ख
त आँफै सँग
छ नि फेरी
। भिड गाडीमा
चड्न मन नलाग्ने
बानी ले पनि
धोका पो दिये
जस्तो लाग्यो मलाई
आज । तर
त्यो अघी लगनखेल
जाने गाडीमा चड्न
त लगबग
असम्भब नै थियो
। कलंकी झरेर
बल्खु जने रहर
पनि मलाई खसै
थिएन, बेकारमा डबल
भाडा किन तिरिरहनु
भनेर । तर
अब त अती भो
जस्तो लाग्यो अनी
त्यो भिड बाट
अली अलाग्गिएर अगाडि
गएर बसे अनी
जुन आउछ त्यसमै
जान्छु भनेर आँफै
सँग बाचा गरे
। फेरी आयो
त्यही कलंकी कलंकी
भन्दै खोइ के
यातायात हो कुन्नी
। मनले त
सोच्दै थिए पक्कै
आउछ चक्रपथ जाने
गाडी तर यो
मन ले भन्या
कुर सधैं कहाँ
पुग्छ र ?? त्यो
गाडी पनि खाली
त कहाँ हो
र तैपनी प्यासेन्जर
कहिले नपुग्ने गाडी
वालाहरुलाई, धन्न भिड
भए पनि रोक्न
खोज्दै थियो त्यो
बस रोक्न नपाउदै
छिरिहाले मपनी ।
ट्राफिक निएम को
ले पो सम्झेला
त त्यस्तो बेलामा
। गाडीको को
गती बिस्तारै काम
भयो । भग्यमानि
ठान्दै थिए आफुलाई
एउटा सिट पाएकोमा
, गतिलो त कहाँ
हो र त्यो
तातो सिट बनोट
भन्छ क्यारे त्यस्लाई
। खेर जुनसुकै
होस् यो मान्छेको
जातलाई कहाँ पुग्छ
र जती भएनी
। जब गाडी
पुरै रोकियो मान्छेहरुको
हुलै पस्यो गाडी
भित्र । खलासी
भन्दै थियो "ओर्लन
दिनुस् न पहिले
कत्ती हतार भको"
तर के गह्रोस
उस्लाई सुन्ने कोही भएन
त्यँहा । सबैलाई
हतारनै थियो रात
पर्न लगेको बेलामा
सबैलाई गन्तब्य पुग्नु जो
छ । मलाई
अरुको के चासो
अब त पक्कै
पुगिन्छ गाडी चढेसी
।
कहिले काँही कलंकी
सम्म भन्ने गाडीहरु
पनि बल्खु तिर
गाको अनुभब थियो
मसँग, अनी त्यो
पनि तेस्ताइ गर्छ
कि जस्तो पनि
लाग्दइ थियो , मेरो नजिक
बस्ने एउटा भर्खरको
मान्छे लाई सोदी
हाले "यो कलंकी
सम्म मात्रै हो
त " भनेर त्यो
मान्छे ले "खोइ होला"
भन्ने अपूर्ण उत्तर
दियो । लौ
ठिकै छ जे
सुकै होस् त्यँहा
बाट अर्को बस
चढौला ।
बस हिंडेको मात्र के
थियो खलासी आयो
भाडा माग्दै ।
म सँग चेन्ज
थिएन बिस को
नोठ थिए अनी
'कार्ड छ' भने,
उसले 'कार्ड देखाउनुस्
भन्यो' मैले देखाइदिये,
उसले मेरो फोटो
हेर्यो या अरु
केही मैले छुट्याउन
सकिन त्यसमा सकिने
मिती त पछाडि
थियो तर उसले
पछाडि हेरेकै थिएन
। मलाई पनि
मतलब भएन जेसुकै
हेरोस् मलाई त
मेरो कार्डको डिस्काउन्ट
चाहियाथियो बस ।
उसले 'खुल्ला पैसा
छैन अहिले दिन्छु'
भन्दै अरु पैसा
उठाउन गयो ।
पछाडि भाडा उठाएपछी
फर्केर आउँदैथियो मैले भने
'खोइ मेरो फिर्ता
आउँदैन' उसले पाँचको
नोट् दियो अनी
मैले भने 'अरु'
फेरी उसले एकको सिक्का
दियो , नमागेको भए त
त्यही एक पनि
धन्न पच् ।
बिहान बल्खु बाट
एघार तिरेको अहिले
कलंकी सम्मको चौध
उफ तर के
गर्नु आफ्नो बा
को गाडी पनि
त होइन जे
गरेनी सहनु पर्ने
। गाडीले कलंकीवारी
सम्म मात्रै हो
भन्यो र सबलाई
झर्न भन्यो तर
आफ्नो गाडी पाइने
कलंकी पारीबाट ।
झरे पछी त्यो
बसको नम्बर पनि
याद गरे बा,
खोइ कती कती ख अनी
११२ , मलाई शंका
कि त्यो बसले
फेरी बल्खु बल्खु
भनेर प्यासेन्जर बोलाउन
सक्छ । पारी
पुग्दा सम्म पछाडि
फर्केर हेरे तर
त्यो बस आएननै,
बल्ल ढुक्क भए
ठग्न चाँही ठगेनछ
।
फेरी १५
मिनेट जती कलंकीमा
बसेपछी अर्को बस आयो
। त्यसमा पनि
घुसिहाले त्यसमा त के
हो सिट पाउनु
नि "बिराले ले पनि
त सधैं दुध
र भात कहाँ
पाउछ र" ।
त्यो गाडी साह्रै
हतारमा थियो अर्थात
ड्राइभर । सोच्दै
थिए किन एस्तो
कुदाको होला ।
"जे भएपनी बल्खु पुग्दा
सम्म केही नभए हुन्थ्यो
मलाई " , "बल्खु पारी रोक्दैन
वारीनै झर्नुस् " यो गाडीमा
एउटा फूच्चे खलासी भन्दै थियो
। सधैं रोक्ने
पारी आज किन
रोक्दैन , मैले बुझ्न
सके त के
?? त्यसलाई पनि कार्ड
छ भनेर दश
को नोट् दिए,
फूच्चे सोझो खलासिको
क्याटोगोरीमा पर्दो रहेछ क्यारे
दश मै चित्त
बुझायो नत्र एस्ता
खलासी भेट्न मुश्किल
पो पर्छ त
काठमाडौंको गाडीहरुमा । गाडीबाट
झरेर हतार हतार
कुलेश्वर तिर आउँदै
थिए । डोजरले
बाटो भत्काउदै थियो
अनी घर पनि
, बाटो बिस्तार गर्ने लहर
जो चल्या थियो
काठमाडौंमा । मान्छेहरुको
एक हुल जमात
त्यो डोजर हो
या भात्किदै गरेको
घर एक टकले
हेर्दै थिए, अनी
त्यो भिडभाड बाट
आवाज आउँदैथियो "आज
त डिजेल नपाएर
गाडी थन्क्याइयो यार
अनी पो यो
रमाइलो हेर्ने मौका मिल्यो,
नभयत फेरी टिपमा
जानु पर्थियो नि।"
अर्को भन्दै थियो "मैले
त क्यु मा
राखेर आएको आहिले
आउछ रे डिजेल
।"
त्यहा
कसैको घर भत्केर
रुवाबासी चल्दै थियो भने
कसैलाई रमाइलो हेर्ने अवसर
तर मलाई त्यो
कुनै रमाइलो नत
दु:ख मेरो
बिषय त केबल
त्यो थियो कि
'आज मलाई गाडी
पाउन किन दु:ख भयो,किन डबल
भाडा तिर्नु पर्यो र
त्यो अघी चढेको
गाडी किन त्यती
हतारमा थियो र
त्यसको
उत्तर पनि मैले
त्यो भिडभाडबाट पाइसकेको
थिए ।