कृषिप्रधान देश नेपाल । लगभग कुल जनसंख्याको
आधा जसो मानिस् कृषिमा आबद्द रहेका छन यहाँ । खेत, बारी, करेसा, देखी लिएर घरको छत् अनि सानो गमलामा
फलाइएको बेर्ना र तरकारीका बिरुवा देखेर सजिलै अनुमान गर्न सकिन्छ कि यहाँका मानिसहरु
कृषिमा कति अब्बल छन भनेर । आलु,
काउली, फर्सी, खुर्सानी, भेन्डी, टमाटर देखी लिएर अनेक तरकारीहरु फल्ने मलिलो बारी पनि प्रशश्तै छन ।
त्यत्तिकै मात्रामा कृषिजन्य बस्तु उत्पादन गर्न पनि सक्षम नै छन यहाँका जनता ।
सरकारले पनि अनेक नितीहरु ल्याउने गरेको छ यो क्षेत्रको उन्नती गर्नको लागि, कहिले अनुदान त कहिले ॠण प्रधान कहिले
तालिम त कहिले बिज्ञहरु खटाउने काम । उत्पादन भएका कृषिजन्य बस्तुले बजार पनि
पाएकै छन । काठमाडौंको कालीमाटी अनि बल्खु, चितवनमा लायन्स चोक मन्डी अनि अन्य
ठाउँका लोकल तथा बिकासे बजारहरु । हाल कृषि मै भबिस्य देखेर बिदेश पलाएन भएका युवाहरु पनि स्वदेश मै
लगानी गर्न उत्सुक भएका पनि छन । कतै अष्ट्रिच त कसै टमाटर कतै बुङुर त कतै करेला
भिन्न भिन्न बस्तुबाट भिन्न भिन्न मात्रामा आम्दानी । खरको छानोमा टिन अनि पक्की
घरलाई तल्ला थप्न सक्ने हैसियत प्रधान गरेको छ यो ब्यवसायले ।
यि त भए हेर्दा र सुन्दा राम्रो लाग्ने अनि
आजैबाट कृषिमा हात मात्र नभै ज्यान नै फालौ जस्ता लाग्ने सकारात्मक कुराहरु जसले
सबैको मन लोभ्याउछ । पर्दा पछाडिको अध्यारो भनेको जस्तै यो क्षेत्रमा पनि बिबिध
कुराहरु रहेका छन जसले कृषकलाई कृषिबाट पलाएन हुन वाध्य पार्छ । सरकारले असारमा
ल्याएका नितिहरु साउन को भेलले बगाउछ अनि कृषकको बारीमा पुग्दा सम्म सयको दुई
प्रतिशत पनि रहदैन । अनुदान र ॠणहरु कुरामा मात्रा सिमित हुन्छ्न, पहुच हुने बिजनेस म्यानले कृषिमा आएको
अनुदान घुमाइ फिराइ कम्पनीको सेयर किन्न हाल्छ किसान हेरेको हेरेइ । बारीमा लगाएको
भेन्डीमा फल लाग्न नपाई बोट मरेर जान्छ तर बिज्ञ त्यो बेला सम्म पनि देखा पर्दैनन
कृषकको बारीमा । बिभिन्न रोग लागेर पालेका जर्सी गाईहरु झोक्र्याउन थाल्छन, मकै रोप्यो घोगा मात्रा निस्किन्छ गेडा
लाग्दैन, कुखुरा पाल्यो
नयाँ रोग देखिएर मर्न थाल्छन् अनि त्यस्तो बेलामा नबोलाँउदा पनि बिज्ञ आउछन र खतरा
रोग लागेको रहेछ भनेर लाखौंको लगानी मारेर खाल्टोमा पुरी दिन्छन, टुलुटुलु हेर्नु को बिकल्प रहन्न ।
रोना धोना गरे पछी चार सय आफ्नै पर्ने बस्तुमा पचास रुपैया क्षेतीपुर्ती दिन्छ
सरकार, नलिउन पनि कसरी, लिन पनि मन मान्दैन, बिचरा किसान । दुध टन्न उत्पादन हुन्छ
तर बजारमा भाउ आकासिँदा पनि 'तपाईंले
ल्याएको दुधमा फ्याट, ल्याक्टो
कम रहेछ भनी बजारको पानी बराबर आफ्नो बाक्लो दु:ख को भाउ कृषकले पाउदैनन । लटरम्म टमाटर
फलाउन बर्ष भरी १०/१५
लाख ॠण धन गरेर फलायो, बजारमा
लगेर बेच्दा १२ रुपैया किलो भन्दिन्छन ब्यापारीहरु, जुन कि आफुले किन्दा ४० देखी ४५ रुपैया सम्म पर्न आउछ, बर्ष भरी लगानी र आम्दानी हिसाब गर्दा
२/३ लाखको घाटा अनि सबै भन्दा ठुलो कुरा आफ्नो
श्रमको त लेखा जोखा नै हुँदैन ।
via:- kathmandu post |
त्यसकारण वाध्य हुन्छन किसानहरु बजारको बिच
सडकमा टमाटर खन्याउन, कालो
सडकमा दुध पोखेर सेतो बनाउन अनि खस्रो सडकमा भेन्डी बिछ्याएर चिप्लो पार्न । कृषिबाट
अभिभावक त पलाएन हुन्छन हुन्छन,
आफ्ना सन्तानलाई पनि श्रम बेच्न बिदेश पठाउन वाध्य हुन्छ्न । बिदेशमा मजाले कमाइरहेकाहरु आफ्नै देशमा आएर
लगानी गर्छन्, दु:ख
गरेर कमाएको सम्पत्ती खाल्टोमा ल्याएर हाले बराबर हुन्छ ।
तै पनि
प्रत्यक बर्ष बजेट सुनाउदै भन्छ सरकार ' कृषिमा क्रान्तिकारी बिकासको लागि……….. ' अनि सुन्दा लाग्छ,
साच्चै म कृषिप्रधान देशको एक किसान हुँ !!!
सुन्दर बिचार । लेखनी जारी राख्नुहोला ! :)
ReplyDeleteधन्यवाद !!! :)
ReplyDeleteराम्रो छ बन्धु , लेखाई र भन्न खोजेको कुरा प्रस्ट हुन्छ, बधाई साथमा शुभकामना पनि ।
ReplyDeleteराम्रो छ । एक पटक http://chautariguff.blogspot.com/ यो पनि हेर्ने कि ?
ReplyDelete